Logo

दशैंलाई नारायणघाट देखि काठमाडौंसम्म मालबाहक सवारी संचालनमा रोक, यात्रुवाहक सवारीलाई रूट परमिट खुला

दशैंलाई नारायणघाट देखि काठमाडौंसम्म मालबाहक सवारी संचालनमा रोक, यात्रुवाहक सवारीलाई रूट परमिट खुला



काठमाडौं । सरकारले दशैंलाई लक्षित गर्दै ठुला मालवाहक ट्रकहरु काठमाडौं आउन रोक लगाउने भएको छ ।

दशैं तिहार तथा छठको अवसरमा धेरै मानीसहरु काठमाडौं छोडेर आफ्नो थातथलो जाने क्रममा यस्ता मालवाहक सवारीसाधनले जाम निम्त्याउने भएपछि नारायणघाट काठमाडौं सडकखण्डमा उक्त सवारीसाधनहरु रोक लगाउने भएको हो ।

यातायात व्यबस्था विभागले असोज २४ गते अर्थात घटस्थापनाको दिनदेखि नै उक्त मालवाहक सवारीसाधनहरु काठमाडौं आउन रोक लगाउने भएको छ ।
उक्त सडकखण्डमा आवतजावत गर्ने यात्रुहरुले ठुला मालवाहक सवारीसाधनहरुका कारण घण्टौं जाममा पर्नुपर्ने वाध्यता रहेको छ ।
साथै यस्तो समस्या अरुबेलाभन्दा दशैंमा धेरै हुने गरेको पाईएकाले दशैंलाई नै लक्षित गर्दै उक्त नियम राखिएको विभागले जानकारी दिएको छ ।
यातायात व्यबस्था विभागका अनुसार ठुला मालवाहक सवारीसाधनलाई असोज २४ गतेदेखि ३१ गतेसम्म नारायणघाटमै रोकिनेछ । यस्तै विभागले यात्रु आवतजावतलाई सहज बनाउन सार्वजनिक यातायातलाई रुट परमिट खुला गरेको छ ।

विभागले काठमाडौं बाहिर जाने यात्रुहरुका लागि टिकट नपाईने समस्या नआओस भन्नका लागि काठमाडौं भित्र चल्ने यात्रुबाहक बसलाई बाहिर जानका लागि अनुमति दिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्