काठमाडौं । बिहीबार बसेको संसदको विकास तथा प्रविधि समितिले नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको नियुक्ति बारे स्पष्टीकरण मागेको छ ।
समितिले झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ पेश गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।
संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटा समेत रहेको उक्त बैठकमा समितिले उक्त नियुक्तिबारे स्पष्टिकरण मागेको हो । बैठकमा विभिन्न सांसदहरुले बिना प्रतिष्पर्धा नै झाको नियुक्ति गरिएको बारे प्रश्न गरेका थिए ।
यसअघि मन्त्रालयले झालाई नै प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।