Logo

चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ तोक्न लेखा समितिको निर्देशन, मूल्य वृद्धिको छानविन गर्न उपसमिति गठन

चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ तोक्न लेखा समितिको निर्देशन, मूल्य वृद्धिको छानविन गर्न उपसमिति गठन



काठमाडौैं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । बजारमा चिनीको मूल्य अनावश्यक रुपमा बढेसँगै समितिको बिहीबार बसेको बैठकले चिनीको खुद्रा बिक्रीे ६३ रूपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको हो ।

केही समय सरकारले आयातित चिनीका कारण नेपाली चिनी उद्योग मर्कामा परेको भन्दै आयातमा कोटा तोक्दै बन्द गरेको थियो । तर, सरकारले चिनी आयात बन्द गरेसँगै व्यवसायीले कार्टेलिङ गर्दै मूल्य बढाएपछि लेखा समितिले सरकारलाई उक्त निर्देशन दिएको हो ।

उद्योगीहरुका चिनीको खुद्रा मूल्य प्रतिकेजी ६३ रुपैयाँ पर्दछ । तर अहिले बजारमा चिनीको मूल्य बढेर प्रतिकेजी ८५ रुपैयाँभन्दा बढी पुगेको छ । बजारमा कृत्रिम रुपमा मूल्य बढेसँगै त्यसको छानविन गर्न उपसमिति गठन गरेको छ । आज बसेको सार्वजनिक लेखा समितिको बैंठकले लेखराज भट्टको संयोजकत्वमा ५ सदस्सयीय छानविन उपसमिति गठन गरेको छ ।

उपसमितिलाई चिनीको मूल्य वृद्धिको विषयमा अध्ययन र छानविन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्