काठमाडौं । बागमती अञ्चलमा २ पाँग्रे मोटरसाईकलको लट १ सयमा पुगेपछि यसको दर्ता रोकिएको छ ।
चाडपर्वको अवसरमा मोटरसाईकल तथा स्कुटर किन्नेको अत्याधिक चाप भएकाले यसको लट एक्कासी १०० मा पुगेको हो । अरुबेला कमै मात्रामा हुने मोटरसाईकलको दर्ता दशैं तिहारको बेला भने यसको दर्ता बढ्ने गरेको सम्बद्ध कार्यलयको दावि छ ।
उक्त लट नंवर ३ डिजिटको बनाउन निर्देशिका प्रधानमन्त्री कार्यलयमा पेश गरेपनि उक्त कार्यमा ढिलाई भएकाले लट नंवर ३ डिजिटको बनाउन ढिलाई भएको यातायात व्यबस्था विभागले जानकारी दिएको छ ।
विभागका अनुसार पुरानो निर्देशिकामा लट नंवर ९९९९ सम्म मात्रै राख्न मिल्ने भएपछि उक्त निर्देशिकालाई संशोधन गर्दै लट नंवर ३ डिजिटको बनाउनका लागि प्रधानमन्त्री कार्यलयका निवेदन पेश गरिएको हो । बागमती अञ्चलमा बाईकको लट १ सय पुगेसँगै दर्ता हुने बाईकहरुको संख्या १ हजार पुगेको छ ।