Logo

६ महिनाभित्र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा, प्राथमिकतामा भारतीय र चिनियाँ पर्यटक

६ महिनाभित्र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा, प्राथमिकतामा भारतीय र चिनियाँ पर्यटक



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ६ महिनाभित्र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालन गर्ने बताएका छन ।

उनले ६ महिना भित्रमा भैरहवाबाट परीक्षण उडान गर्ने र परीक्षण उडानसँगै नियमित उडान गर्ने समेत जानकारी दिएका छन । नेपालमा कामभन्दा कुरा धेरै गर्ने परिपाटी रहेको र यो परिपाटीमा सरकारनै सबैभन्दा अगाडी रहेको उनको आरोप थियो ।

निजी क्षेत्रले गर्ने काम सन्तोष जनक रहेको जानकारी दिँदै भैरहवा विमानस्थल संचालनको जिम्मा निजी क्षेत्रलाईनै दिने उनको भनाई थियो । उनले निजी क्षेत्रलाई भैरहवाको जिम्मेवारी दिएको खण्डमा राम्रो सँग संचालन हुने र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलले पनि व्यवस्थापनको विषयमा त्यसबाट सिक्ने उनको भनाई थियो ।

नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको ‘समझदारीका लागि नयाँ अवसरको सिर्जना’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले २०२० मा नेपाल भ्रमण वर्ष मनाई रहँदा भारत र चीनबाट कसरी पर्यटक ल्याउन सकिन्छ त्यसबारे सोच्ने बेला आएको बताए । ‘म धेरै बुझ्दिन तर नेपालको विकास गर्ने भनेको पर्यटननै हो,’ उनले भने ।
त्यस्तै मन्त्री अधिकारीले नेपालबाट निर्यात हुने आर्गनिक उत्पादनमा बृद्धि गर्नु पर्ने बताएका छन । मन्त्री अधिकारीले नेपालमा उत्पादन हुने आर्गनिक बस्तु उत्पादन गरेर मात्रै निर्यात गर्नु पर्ने र अन्य समान बस्तुमा नेपालले प्रतिस्पर्धा गर्न नसकिने बताएका हुन ।

नेपालको परिस्थितिमा पर्यटन पछि हाईड्रोपावर र कृषिले मात्रै कुल ग्राह्स्थ उत्पादनमा सहयोग गर्ने भएकाले नेपालमा आर्गनिक बस्तुको उत्पादन गरि निर्यात गर्नु पर्नेमा जोड दिएका हुन ।

त्यस्तै नेपाल पर्यटनबोडका प्रमुखकार्यकारी अधिकृत दिपकराज जोशीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा डिउटी फ्रि सपिङ सेन्टर खोल्नु पर्ने बताएका छन । २०२० लाई लक्षित गर्दै त्यस्ता सपिङ सेन्टरहरु खोल्नु पर्ने तथा भौतिक पूर्वधारलाईनै प्राथमिकता दिनु पर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL