Logo

क्रसर र ढुङगाखानीमा सञ्चारमन्त्रीको प्रहार, खानी र पानी सँगै संचालन गर्न सकिदैन

क्रसर र ढुङगाखानीमा सञ्चारमन्त्रीको प्रहार, खानी र पानी सँगै संचालन गर्न सकिदैन



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा क्रसर उद्योग तथा ढुङगाखानी पानीको स्रोत नजिक भएकोमा आक्रोस व्यक्त गरेका छन ।

प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानी सँगै नचल्ने भन्दै उनले यसले सङ्कट निम्त्याउने जानकारी दिए ।

काभे्रपलाञ्चोकको धुलिखेलमा मंगलबार आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’ को गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने ‘अनधिकृत रुपमा प्राकृतिक स्रोतमाथि दोहन भइरहेको छ, यसले सङ्कट निम्त्याउँछ भन्नेमा सबैले ध्यान दिनुपर्छ, खानी र पानी सँगै चल्दैन ।’ उनले पानीको स्रोत भएका अधिकांश क्षेत्रमै ढुङ्गाखानी सञ्चालन भइरहेकाले पानीको स्रोतमाथि गम्भीर असर भइरहेको जानकारी दिए ।

मन्त्री बाँस्कोटाले स्रोतमाथिको दोहनले मुलुकभर खानेपानीको स्रोतमाथि सङ्कट आइरहेकाले यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न सरोकार भएकाहरुले छिट्टै ध्यान दिनु जरुरी रहेको बताए । उनले भने, ‘मानिसको जीवनसँग मिनेट मिनेटमा जोडिएको पानीको स्रोतमाथिको आक्रमण तत्काल रोकिनुपर्छ, यसका लागि स्थानीय तहले दायित्वबोध गर्नुपर्छ ।’

मन्त्री बाँस्कोटाले ‘स्रोतमाथिको चोट’ नियन्त्रण गर्न नसक्दा मेलम्ची खानेपानी आयोजनाको काम ढिलाइ भएको बताए । उनले भने, ‘मेलम्चीको पानी ल्याउने योजनामा काम गर्ने शैली फरक देखियो, स्रोतको क्षेत्रमा लाभको साझेदारी व्यवस्थापन नहुँदा ढिलाइ सहनुप¥यो ।’

उनले एशियाली विकास बैंकले आफ्ना योजना समयमै सक्ने गरी ठेकेदारलाई चयन गर्नुपर्ने सुझाव दिँदै ठेकेदारले लापवाही र ढिलासुस्ती गरे सरकारलाई जानकारी गराउन अनुरोध पनि गरे । उनले भने, ‘कुनै ठेकेदारले भनेअनुसारको गुणस्तरीय काम नगरेमा वा समयमै काम सम्पन्न नगरेको भए सरकारलाई जानकारी गराउनुस, हामी छानबिन गरी तत्काल कारवाही गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्