Logo

नक्कली पिडितको रकम फिर्ता गर्दै प्राधिकरण, फिर्ता नगरे कार्वाही गरिने

नक्कली पिडितको रकम फिर्ता गर्दै प्राधिकरण, फिर्ता नगरे कार्वाही गरिने



काठमाडौं । नक्कली सिफारिस वा कागजात बनाएर लिएको भूकम्प पिडितको अनुदानको रकम सरकारले फिर्ता लिने भएको छ ।

राष्ट्रय पुनर्निर्माण प्राधिकरणले नक्कली भूकम्प पिडितले लिएको अनुदानको रकम फिर्ता गराउन त्यस्ता नक्कली पिडितलाई ३ महिनाको समय दिएको छ ।

प्राधिकरणले एक सुचना जारी गर्दै ३ महिना भित्रमा सो रकम फिर्ता गर्न आग्रह गरिएको हो । पिडितले भूकम्पबाट क्षति भएका घर बाहेक सोही स्थान वा अन्य कुनै स्थानमा बस्न योग्य घर भएका ब्यक्तिहरुले झुटा विबरण पेश गरि निजी आवास पुनर्निर्माणको लागि अनुदान रकम लिएको भएमा ३ महिना भित्र फिर्ता गराउन भनिएको छ ।

यदी नक्कली पिडितले लिएको अनुदानको रकम फिर्ता नगरे निजहरुले लिएको अनुदान रकम सरकारी बाँकी सरह असुल उपर गरिने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले एक ठाउँ भन्दा बाहेक अन्य ठाउँमा समेत निजहरुको घर भएको प्रमाणित भएमा वा एक स्थान भन्दा बाहेक अन्य स्थानबाट रकम लिएको पाइएमा सरकारी बाँकी सरहनै असुल उपर गरिने भएको हो ।

प्राधिकारणका अनुसार निजहरुले लिएको उक्त रकम ३ महिना भित्रमा फिर्ता गर्न सम्बन्धित जिल्लाका आयोजना कार्वान्वयन इकाईमा सम्पर्क गर्न समेत आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL