Logo

उद्योगी चण्डीराज ढकाललाई मातृशोक, सोमबार बिहान आर्यघाटमा दाहसंस्कार गरिँदै

उद्योगी चण्डीराज ढकाललाई मातृशोक, सोमबार बिहान आर्यघाटमा दाहसंस्कार गरिँदै



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकालको आमा रामरेखा ढकालको निधन भएको छ ।

ढकालको आज साँझ काठमाडौंको ओम अस्पतामा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय ढकालको सोमबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

स्वर्गीय ढकालको ४ छोरा र ५ छोरी छन् । स्वर्गीय ढकालको चारै जना छोरा व्यवसायी क्षेत्रमा आवद्ध छन् । जसमध्ये जेठा छोरा चण्डीराज ढकाल लामो समदेखि व्यवसाय आवद्ध भई नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष भई हाल सार्क चेम्बर अफ कमर्शमा समेत उपाध्यक्ष रहेका छन् ।

यस्तै उनका माईला छोरा नवराज ढकाल नेपाल प्रहरीका पूर्व एआईजी हुन भने अहिले नेपाल चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य छन् ।

यसैगरी साईला छोरा टिकाराज ढकाल झापा उद्योेग संघको अध्यक्ष छन भने कान्छा छोरा हेमराज ढकाल पनि हेरिटेज कार्पेटका संचालक तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य तथा कृषि समितिका उपसभापति छन् ।

प्रतिक्रिया दिनुहोस्