Logo

बेकरीमा महिला आकर्षण, तालिमसँगै स्वरोजगारको अवसर

बेकरीमा महिला आकर्षण, तालिमसँगै स्वरोजगारको अवसर



काठमाडौं– पछिल्लो समय बेकरीमा महिलाहरुको आकर्षण बढेको छ । सहज काम र राम्रो आम्दानी हुने भएसँगै बेकरी प्रतिको रोजगारीमा महिलाहरुको आकर्षण बढेको हो ।

बेकरी प्रति महिलाहरुको आकर्षण बढेसँगै डीडी बेकरीले असहाय, पिछडिएका र गरिब महिलालाई लक्षित गरी बेकरी आईटम बनाउने तालिम दिँदै आएको छ । सो व्यवसायमा महिलाको आकर्षण बढेसँगै डीडी बेकरीले छैटौं ब्याचका लागि ‘जेन्डर लिडरसिप वर्कसप’ सन्चालन गरेको छ ।

दक्षिण कोरियाको दातृ निकाय कोइकाको आर्थिक सहयोगमा दक्षिण कोरियाकै ‘एसिया वुमन ब्रिज डु रन डु रन’ संस्था र एकता बहुउदेश्यीय सहकारी संस्थाले तीन वर्षदेखि महिलालाई बेकरी बनाउने तालिम दिँदै आएको छ ।

यी संस्थाको संयुक्त आयोजनामा हालसम्म ६ वटा ब्याच प्रशिक्षिति भइसकेका छन । छैटौं ब्याचका लागि यसै साता ‘जेन्डर लिडरसिप वर्कसप’ सन्चालन गरिएको थियो । उक्त तालिममा १८ जना महिला सहभागी भएको डीडी बेकरीकी अर्पणा सिलवालले जानकारी दिईन । साथै तालिम लिएका अधिकांश महिला बेकरीकै काममा संलग्न रहेको उनको दाबी थियो

महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन कोइकाको सहयोगमा बेकरी बनाउने तालिम दिइन थालिएको हो । तालिमपछि आफै बेकरी सन्चालन गर्न चाहनेलाई एकताले ऋण समेत उपलब्ध गराउँदै आएको छ । हालसम्म पाँचवटा ब्याच तालिम सकेर काम गरिरहेको डीडी बेकरीले जनाकारी दिएको छ ।

हरेक ब्याचमा १५ देखि २० जनासम्मलाई तीन महिना आधारभुत र त्यसपछि तीन महिना एडभान्स तालिम दिइने गरेको छ । ‘नियमित तालिमभन्दा केही फर उनीहरुलाई जिवनमा काम लागोस भनेर हामीले बेसिक तालिमको अन्त्यतिर लैंगिक समानता तथा नेतृत्वबारे प्रशिक्षण पनि सन्चालन गर्दै आएका छैं’, अर्पणाले भनिन । संस्थाले खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी निशुल्क तालिम प्रदाान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL