Logo

७० करोड ठगीमा कम्पनी रजिष्ट्रारका २ रजिष्ट्रार पक्राउ, अघि बढ्यो अनुसन्धान

७० करोड ठगीमा कम्पनी रजिष्ट्रारका २ रजिष्ट्रार पक्राउ, अघि बढ्यो अनुसन्धान



काठमाडौं । कर्मचारीको मिलोमतोमा किर्ते गरी अर्कोको सम्पती हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पन्नी रजिष्ट्रारका थप दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । राम निरंजन जतियामाको नाममा रहेको शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको ७० करोड बराबरको सम्पती किर्ते गरी अर्कै व्यक्तिको स्मामित्वमा हस्तारण गर्न सहयोग गरेको आरोपमा अख्तियारले कम्पनी रजिष्ट्रारका कर्मचारीलाई पक्राउ गरेको हो ।

अख्तियार टोलीले सो घटनामा फरार रहेको कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उप–रजिष्ट्रारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई बुधबार पक्राउ गरेको छ । अख्तियारले उपरजिष्ट्रार द्वयलाई काठमाडौं महानगरपालिका बबरमहलको फरेष्ट्री कम्पेलेक्स अगाडिको सार्वजनिक सडक किनारबाट नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यसअघि अख्तियारले मुख्य आरोपी जितबहादुर मगरसहित कम्पनी रजिष्टारका कर्मचारी सहित १२ जनालाई पक्राउ गरेको थियो । कम्पन्नी रजिष्ट्रारकै कर्मचारीको मिलोमतोमा ७० करोडभन्दा बढिको ठगी भएको घटना बाहिर आएसँगै अख्तियारले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

यस अघि अख्तियारले कम्पनी रजिष्ट्रारको कार्यालयमा सहायक रजिष्ट्रार नारायण प्रसाद पोखरेल र उमेशमान जोशी साथै कार्यालयमै आईटी शाखामा करारमा कार्यरत २ जना पक्राउ गरेको थियो । अन्य व्यक्तिहरुमा राजनप्रसाद लम्साल, निरजकुमार मानन्धर, जीतबहादुर मगर, पुण्यप्रसाद खरेल, राजकुमार तामाङ, हिमाल महर्जन, चिरी बावु महर्जन, अमृत थापा मगरलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL