काठमाडौं । सांसद विरोध खतिवडाले लगानीकर्ताहरुको आधिकारीक टुङ्गो नलागी निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थलमा रुख काट्न सुरु गर्नेहरु हत्यारा हुने बताएका छन् ।
डिपिआर तयार नगरिकनै तथा अन्य लगानीका विषयमा टुङगो नलागिकनै सरकारलाई रुख काट्नमै हतार भएको भन्दै उनले आक्रोश पोखेका हुन् । संसदमा बोल्दै उनले कुनै पनि तयारीविनै रुखहरु काटिनु सरकारको गम्भिर त्रुटी रहेको बताएका हुन ।
‘विमानस्थलको विस्तृत परियोजना अध्ययन (डिपिआर) तयार नहुँदै, निर्माण लागत, खर्च कसले वेहोर्ने टुंगो नभई रुख चाहिँ अहिले काटेर बेचिहाल्ने ?,’ उनले भने, ‘अहिलेको आधुनिक युगमा सबैसँग सम्झौता गर्नुहोस २ महिनामा ती सग्ला रुखहरु त्यहाँबाट म हटाईदिन सक्छु ।’
यसका साथै उनले विमानस्थलको आधिकारिक तयारी नहुँदासम्म कसैलै रुखमा हात हाले मात्रै त्यो ज्यानमारा ठहरिने उनको भनाई थियो । यस्तै उनले चिनीको मूल्यवृद्धिको बारेमा पनि संसदमा कुरा उठाएका थिए ।