Logo

डावर नेपाल र ईसिमोडबीच नेपालमा सम्झौता, हिमाली क्षेत्रको दिगो विकासमा जोड

डावर नेपाल र ईसिमोडबीच नेपालमा सम्झौता, हिमाली क्षेत्रको दिगो विकासमा जोड



काठमाडौं । डावर नेपाल र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (ईसिमोड) बीच एक सम्झौता भएको छ । २ संस्थाहरुले नेपालको हिमाली क्षेत्रको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्य अनुरुप उक्त सम्झौता गरिएको हो जानकारी दिएका छन् ।

सम्झौता अनुसार सिनर्जी, इक्विटी, पारस्परिक हित र पारदर्शितामा आधारित आपसी सहयोगको क्षेत्रमा काम हुनेछ । प्रस्तावित डावर र इसिमोडकीचको साझेदारीले उत्तरदायित्वपूर्ण व्यवसायिक दीगो पर्वतीय विकासमा मद्यत पुग्ने सम्झौतामा उल्लेख छ ।

समझदारीपत्रमा इसिमोडका डाइरेक्टर जनरल डा डेभिड मोल्डेन र डावरका सार्क विजनेस हेड एचएस वेदीले आ–आफ्नो संस्थाको तर्फबाट हस्ताक्षर गरेका हुन ।

उक्त समझदारीले पहाडी क्षेत्रको जीवनपद्धतिमा सुधार ल्याउने उपायहरुलाई महत्व दिनेछ जसमा माहुरी पालन, जडिबुटी खेती, कृषिमा आधारित वनको विकासका विभिन्न योजनाहरु निर्माण, क्षमता विस्तार र प्रविधि हस्तान्तरण गरिने पनि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसका अतिरिक्त दक्षताको विकास, सूचनाको आदानप्रदान र संयुक्त कार्यक्रमहरुलाई पनि समझदारीको परिधिमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL