Logo

सार्वजनिक यातायातमा नयाँ भाडादर लागु, हेर्नुहोस कहाँ जान कति पर्छ भाडा ?

सार्वजनिक यातायातमा नयाँ भाडादर लागु, हेर्नुहोस कहाँ जान कति पर्छ भाडा ?



काठमाडौं । नेपाल सरकारले आईतबारदेखि लागु हुनेगरि सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । सरकारले ३ बर्षअघि देखि यथावत रहेको सार्वजनिक यातायातको भाडादार १० प्रतिशतले वृद्धि गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो ।

यातायात व्यबसायीहरुले समय सापेक्ष भाडादर समायोजन नभएको भन्दै पटक पटक विभिन्न किसिमका आन्दोलत तथा हड्ताल गर्दै आएका थिए । दशैँको समयमा पेट्रोलियम पदार्थको मूल्य एकाएक वृद्धि हुँदा व्यबसायीहरुले नयाँ भाडादर समायोजन नहुँदासम्म दशैंको अग्रीम टिकट बुकिङ पनि नखोल्ने अडान राखेका थिए । सोही अडानलाई मध्यनजर गर्दै सरकारले सार्वजनिक यातायातको पहिलेको भाडादरमा १० प्रतिशत थपेर नयाँ भाडादर कायम गरेको छ ।

यातायात व्यबस्था विभागका अनुसार नयाँ भाडादर समायोजनसँगै काठमाडौं उपत्यकामा ४ किलोमिटरसम्मको १४ रुपैयाँ कायम गरिएको छ । साथै विभागले ५ किलोमिटरसम्मको १६ रुपैयाँ, ६ किलोमिटरसम्मको १७ रुपैयाँ, ८ किमि सम्मको १८ रुपैयाँ, १० किमि सम्मको २१ रुपैयाँ, १३ किमिसम्मको २३ रुपैयाँ, १६ किमि सम्मको २५ रुपैयाँ, १९ किमिसम्मको २६ रुपैयाँ तथा १९ किमिभन्दा माथिको २७ रुपैयाँ कायम गरेको हो । यसअघि भने सो सार्वजनिक यातायातहरुको भाडादर १० प्रतिशतले कम थियो ।

यस्तै विभागले व्यबसायीहरुसँग अबका दिनमा सार्वजनिक यातायातको भाडादर ईन्धनको मूल्य ५ रुपैयाँले बढेमात्रै समायोजन गरिने जानकारी दिएको छ । त्यस्तै विभागले लामो रुटका सवारीसाधनमा पनि दशैंको समयमा पहिलेको भाडादरमा १० प्रतिशतले भाडा बढेको छ । त्यस्तै यातायात व्यबसायी राष्ट्रिय महासंघका अनुसार लामो रुटका सवारीसाधनमा अहिले तोकिएको भाडादर भने नर्मल बसहरुको लागि मात्रै हो ।

साथै यात्रुहरुको आवश्यकता अनुसार एक्प्रेस, क्यापिटल, भोल्भो, डिलक्स लगायतका बसहरुमा भने भाडा महासंघले तोकेअनुसार अहिलेको भाडादरमा बसको सुविधाअनुासार भाडा बढ्नेछ ।

त्यस्तै महासंघको आज दिउसो बस्ने बैठकले उक्त थप भाडादरको बारेमा छलफल गरि उक्त बसहरुका लागि थप भाडा तोक्ने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

काठमाडौंबाट लामो रुटका लागि नेपाल सरकारले तय गरेको नयाँ भाडादर हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस्