काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त भएका छन । संसदीय सुनुवाइ विशेष समितिबाट आज अनुमोदन भएका घिमिरेलाई आजै राष्ट्रपति भवन शीतल निवासमा प्रधानन्याधीश ओमप्रकाश मिश्रले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ ६ बजे मिघिरेलाई विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् । सोही समारोममा उनलाई पद तथा गोपनीयताको शपथ गराइएको हो ।
नवनियुक्त प्रमुख आयुक्त घिमिरेले आजै बेलुका ७ बजेट पद बहाली गरेका छन् । पदबहाली गर्दै उनले कर्मचारीलाई थप शसक्त भएर भ्रष्टाचार विरुद्ध कमद चाल्न निर्देशन दिएका छन् ।