Logo

अख्तियार प्रमुख आयुक्तमा घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन, शुक्रबार नै राष्ट्रपतिबाट नियुक्त गरिँदै

अख्तियार प्रमुख आयुक्तमा घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन, शुक्रबार नै राष्ट्रपतिबाट नियुक्त गरिँदै



काठमाडौं । संसदीय सुनुवाई समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । बिहीवार सुनुवाइ पछि समितिले घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

भदौ २० गते बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई अख्तियार प्रमुखमा सिफारिश गरेको थियो । उनको विरुद्धमा उजुरी नपरेपछि संसदीय सुनुवाई समितले सर्वसम्मतीले अनुमोदन गरेको हो ।

संसदीय समिमिले अनुमोदन गरेसँगै संबैधानिक व्यवस्था अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई प्रमुख आयुक्त नियुक्त गर्नेछन् ।

जन प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका घिमिरे २०७४ फागुनदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रूपमा कार्यरत छन । निवर्तमान प्रमुख आयुक्त दीप बस्न्यातले अवकाश पाएपछि घिमिरेले कार्यवाहक प्रमुखका रूपमा अख्तियारको नेतृत्व सम्हाल्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL