Logo

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियो, दक्षिण एशियामा तेस्रो

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियो, दक्षिण एशियामा तेस्रो



काठमाडौं । फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल १ सय ६० औँ स्थानमा उक्लेको हो ।

गत महीना नेपाल १ सय ६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आएको हो ।

फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहका छन । भारत र माल्दिभ्स क्रमशः ९७ आँै र १ सय ५१ औँ स्थानमा रहेका छन् । भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान क्रमशः १ सय ८८ १ सय ९३, १ सय ९९ र १ सय ९९औँ स्थानमा छन् ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम र फ्रान्स संयुक्तरुपमा पहिलो स्थानमा छन् । दुवै टोलीको १ हजार ७ सय २९ नम्बर रहेको छ । तेस्रोमा ब्राजिल, चौथोमा क्रोएशिया र पाँचौँ स्थानमा उरुग्वे रहेको छ ।

यस्तै इङ्ग्ल्याण्ड छैटौंँ, पोर्चुगल सातौँ, स्विट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा रहेका छन् । विभिन्न अन्तर्रा्ष्ट्रिय तथा घरेलु प्रतियोगिताका आधारमा फिफाले प्रत्येक महीना वरियता सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्