काठमाडौं । संघिय प्रतिनिधि सभा अन्तरगतका विभिन्न समितिको सभापतिहरुमध्ये १० ओटामा निर्विरोध चयन भएको छ । विभिन्न समितिको सभापतिमा एकल उम्मेद्वारी परेपछि १० जना निर्विरोध भएका हुन ।
प्रतिनिधि सभाको आज बसेको बैठकले अर्थ समितिको सभापतिमा कृष्णप्रसाद दाहाल निर्विरोध चयन गरेको हो । यस्तै लेखा समितिको सभापतिमा भने भरतबहादुर शाह निर्विरोध भएका हुन ।
प्रतिनिधि सभाले अन्तरराष्ट्रिय सम्बन्ध समितिको सभापतिमा भने पवित्रा निरौला खरेललाई चयन गरेको छ ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमल श्रीवास्तव निर्विरोध भएका छन । यस्तै कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिमा कृष्णभक्त पोखरेल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा पूर्णकुमारी सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणी खड्का, महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पाल, शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा जयपुरी घर्ती निर्विरोध भएका छन ।