Logo

असोज ५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुला, भाडा र टिकट काउण्टरको टुङ्गो लाग्दै

असोज ५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुला, भाडा र टिकट काउण्टरको टुङ्गो लाग्दै



काठमाडौं । असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यबस्था विभाग, यातायात महासंघ तथा उपभोक्ता समितिको आईतबार बसेको बैठकले ५ गतेसम्ममा अग्रिम टिकट बुकिङको लागि सबैले आ–आफ्नो पक्षबाट तयारी थाल्ने निर्णय भएको हो ।

यातायात व्यबसायीहरुले आफ्ना माग राख्दै केहि दिन देखि अग्रिम टिकट बुकिङ नखोल्ने बताउँदै आएका थिए । जनताको समस्यालाई ध्यानमा राख्दै आफ्ना समस्याहरु सरकारलाई जिम्मा दिएर ५ गतेभित्र अग्रिम टिकट बुकिङ खुल्ला गर्न आफुहरु सहमत भएको नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

उनले सवारी दुर्घटनामा परि घाईते भएका र मृतकका परिवारले पाउने रकम नपाएको हुनाले यस्तो रकम वितरण गर्नका लागि आफ्नो बैंक खाता खुल्ला गर्न आग्रह गर्दै आएको बताए ।

तर सरकारले यसको जिम्मा आफैले लिने भने पछि आफुहरु सहमतिमा आएको उनको भनाई थियो ।

विभागले गएको २४ गतेदेखि नै अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेपनि यातायात व्यबसायीहरुले ले आफ्ना मागहरु पुरा गर्न आग्रह गर्दै उक्त बुकिङ खोल्न मानिरहेका थिएनन । उनिहरुले तेस्रो पक्ष बीमाको प्रिमियम सरकारले नभई आफैले तिर्नुपर्ने भएकाले बीमा भुक्तान गर्दा पनि आफैले भुक्तान गर्न पाउनुपर्ने माग राखेका थिए ।

यस्तै कुन ठाउँमा टिकट काउन्टर राख्ने, कति ठाउँमा काउन्टर राख्ने तथा भाडा कति तोक्ने लगायतका विषयमा ५ गतेसम्म विभाग र महासंघबीच लगातार बस्ने बैठकले निर्णय गर्ने महासंघका महासचिव सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL