Logo

३३ किलो सुनकाण्डका आरोपित डीएसपी केसी साधारण तारेखमा रिहा, जिल्ला अदालतको आदेश उच्चले उल्ट्यायो

३३ किलो सुनकाण्डका आरोपित डीएसपी केसी साधारण तारेखमा रिहा, जिल्ला अदालतको आदेश उच्चले उल्ट्यायो



काठमाडौं । ३३ किलो सुन प्रकरणका आरोपित डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । साधरण तारेखमा छाड्न उच्च अदालतले आईतबार आदेश दिए पछि सुन काण्डका आरोपित डीएसपी केसी साधारण तारेखमा छुटेका हुन ।

त्यसतै एसएसपी दिवस लोहनी पनि साधरण तारेखमा छुटेका छन । उनलाई जिल्ला अदालतले दिएको आदेशलाई उल्ट्याउँदै उच्च अदालतले साधरण तारेखमा छाड्न शुक्रबार आदेश दिएको थियो ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा आरोपित एसएसपी लोहनीलाई शुक्रबार र डीएसपी केसीलाई आईतबार साधरण तारेखमा छाड्न उच्च अदालतले आदेश दिएको हो ।

प्रहरीका एसएसपी लोहनी पक्राउ पर्नु अघि अपराध अनुसन्धान महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL