Logo

काठमाडौं–पटना बोधगया सिधा बस सेवा सुरु, अनलाईनबाटै टिकट खरिद

काठमाडौं–पटना बोधगया सिधा बस सेवा सुरु, अनलाईनबाटै टिकट खरिद



काठमाडौं । काठमाडौंदेखि भारतको बिहार राज्यका ४ स्थानमा सिधा यातायात सुरु भएको छ ।

बिहार राज्य पथपरिवहन र स्वयम्भु मञ्जुश्री यातायात प्रालिबीचको सहकार्यमा बिहीबार नेपालको काठमाडौं देखि भारतस्थित बिहारका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा सुचारू भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले संयुक्त रूपमा हरियो झण्डा फहराइ बस सेवाको सुरुवात गरेका हुन ।

स्वयम्भू मञ्जुश्री यातायात प्रालिले भारतका नयाँ क्षेत्रमा यातायात सञ्चालन गरेसँगै अनलाइनबाट बस टिकट काट्न सकिने सेवाको समेत सुरूवात गरेको छ ।

अबदेखि यात्रीहरूले डब्लु डब्लु डब्लु डट मन्जुश्रीयातायात डट कम डट एनपि मार्फत टिकट बुक गर्ने सकिने कम्पनीले जानकारी दिएको छ ।

साथै ग्राहकहरुले बस सेवाको वेबसाइट बससेवा डटकम तथा बससेवाको मोबाईल एप्स, इसेवाको वेबसाइट तथा मोबाईल एप्लिकेशनबाट समेत टिकट काट्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL