Logo

समयमै कर फछ्र्यौट गरिने अध्यक्ष महतको दावी, सहयोग गर्न व्यवसायीलाई आग्रह

समयमै कर फछ्र्यौट गरिने अध्यक्ष महतको दावी, सहयोग गर्न व्यवसायीलाई आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ चैत, काठमाडौं । कर फर्छयौट आयोगका अध्यक्ष एलडी महतले विभिन्न कारणले फछ्र्याैट हुन नसकेका आर्थिक वर्ष ०६९/७० सम्मको करलाई चालू आवको अन्त सम्ममा फछ्र्यौट गरिसक्ने बताएका छन् । ‘तोकिएको मितिमै कर फछ्र्यौट गर्नका लागि व्यवसायीहरुले पनि सोही अनुसार सहयोग गर्नुपर्छ,’ नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित कार्यक्रममा उनले भने ।

नेपाल चेम्वर अफ कमर्शले बुधबार ‘कर फछ्र्याैट आयोग २०७१ को क्षेत्राधिकार तथा करदाताको दायित्व’ विषयक अन्र्तक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा अध्यक्ष महतले कर फछ्र्याैट आयोगको गठनबाट सरकारको मात्र हित नभई स्वस्थ्यरुपमा व्यवसाय गर्ने व्यवसायीको हितमा समेत रहेको जानकारी दिए । हालसम्म करीव ४० अरव रुपैयाको कर फछ्र्याैट हुन बांकी रहेको बताए । साथै आयोग ३ सदस्यीय भएको र निष्पक्ष हुने बताउँदै आयोगमा निवेदन आएको र आयोगको क्षेत्राधकारीको समय सीमा भित्रमा करका सम्बन्धित फर्छयौट गर्नु पर्ने विषयहरु फर्छयौट हुने प्रतिवद्धता समेत व्यक्त गरे ।

करिव आठ वर्ष अगाडि गठन गरिएको कर फर्छयौट आयोगले करिव २ हजार ७ सय कर फर्छयौट सम्बन्धी निवेदनहरु सम्बोधन गरेको स्मरण गराउँदै यस पटक पनि आयोगले कर फछ्र्याैट गर्न बस्तुनिष्ठ आधार तयार गरेको जानकारी दिए । साथै, समय सिमा भित्रै निवेदनको उचित सम्बोधन हुनेमा ढुक्क हुन उद्यमी व्यवसायीहरुलाई आग्रह समेत गरे ।

चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले विभिन्न कारणले समयमै कर फर्छयौट हुन नसक्दा व्यवसायी एवं राज्य समेतलाई ठूलो घाटा रहेको बताए । कर फर्छयौट हुन नसक्नुको कारण पत्ता लगाई सरकारलाई उचित सुझाव पेश गर्न कर फछ्र्याैट आयोग सफल हुने समेत उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL