काठमाडौं । प्रहरीले बैंकिङ गठी गर्ने नुवाकोटका प्रदीप न्यौपानेलाई प्रक्राउ गरेको छ । पस मेसिनबाट नक्कली कार्डको प्रयोग गरी बैंकको २२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो ।
न्यौपानेले एक्सपोर्ट ईम्पोर्टको ठूलो कारोबार देखाएर सनराइज बैंकबाट पस मेसिन (प्वाइन्ट अफ सेल मेसिन) लिएका न्यौपानेले मेसिनबाट बैंकको २२ लाख ७७ हजार ४ सय ५२ रुपैयाँ आफ्नो खातामा सारेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ । न्यौपानेले डीएमके इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनी दर्ता गरी सोही नामबाट पस मेशिन लिएर ठगी गरेको सीआईवीले जानकारी दिएको छ ।
न्यौपानेले असार २२ देखि भदौ ५ गतेसम्म सो रकम झिकेको केन्द्रीय अनुसन्धान व्यूरो प्रवक्ता सानुराम भट्टराईले बताए । न्यौपानेले १६३ पटकको अनसक्सेसफुल ट्रान्जेक्सनबाट १ करोड २ लाख झिक्ने प्रयास गरेको समेत अनुसन्धानबाट खुलेको छ ।
निज न्यौपानेलाई भदौ २२ गते नुवाकोटको विदुर नगरपालिका २ शेराबाट पक्राउ गरेको थियो । सीआईबीले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अनुसार अनुसन्धान गर्न उच्च अदालतबाट ७ दिनको थप गरी अनुसन्धान गरिरहेको छ ।