Logo

१ करोड २० लाख सहित विदेशी नागरिक पक्राउ, भिसा कार्ड ह्याक गरि पैसा निकालेको खुलासा

१ करोड २० लाख सहित विदेशी नागरिक पक्राउ, भिसा कार्ड ह्याक गरि पैसा निकालेको खुलासा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ चैत,काठमाडौं । मास्टर कार्ड तथा भिसा कार्डको पिन नम्बर ह्याक गरी पैसा निकाल्ने एक विदेशी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरोले १ करोड २० लाख सहित बुल्गेरियन नागरिक पेट्रोस्लाभलाई पक्राउ गरेको हो ।

उनी ठमेलको त्रिदेवीमार्ग स्थित टाइगर अपार्टमेन्टबाट पक्राउ परेको सिआइविले जानकारी दिएको छ । उनको कोठा खानतलासी गर्दा १ करोड २० लाख ८ हजार ७ सय ४४ विदेशी तथा नेपाली पैसा फेला परेको हो । त्यस्तै उनको कोठाबाट १ सय ७९ थान मास्टर कार्डसमेत फेला परेको छ ।

atm1

ती कार्डहरुमा लेवल टाँसी पिन नं समेत उल्लेख गरिएको थियो । अन्य बरामद भएका सामग्रीमा ल्यापटप, कार्ड रिडर, मोवाइल रहेका छन् ।

उनले दरबारमार्ग,ठमेललगायत विभिन्न स्थनबाट पैसा निकाल्दै आएको खुलासा भएको छ । त्यस्तै सो रकम मनी चेन्जर मार्फत यूरो र डलरमा सटही भएको खुलेको छ । गत चैत ५ गते ठमेलस्थित एटिएम मेसिनहरुमा पटकपटक कार्डहरुको प्रयोग गरेको शंकास्पट गतिविधि देखाएपछी उनलाई पिछा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL