Logo

अलिबाबाबाट राजिनामा दिएर शिक्षक बन्दै ज्याक मा, ड्यानिएललाइ नया अध्यक्ष बनाउने

अलिबाबाबाट राजिनामा दिएर शिक्षक बन्दै ज्याक मा, ड्यानिएललाइ नया अध्यक्ष बनाउने



काठमाडौं । अलिबाबाका सह संस्थापक ज्याक माले कम्पनीको कार्यकारी अध्यक्षबाट राजिनामा दिँदै  शिक्षक बन्ने जानकारी दिएका छन । उनले आफु शिक्षलाई माया गर्ने बताउँदै शिक्षक बन्ने घोषणा गरेका हुन ।

उनले अध्यक्षबाट राजिनामा दिने बित्तिकै कार्यकारी अध्यक्षमा डेनियल झेङ नियुक्त हुने भएका हुन । नवनियुक्त झेङले आफ्नो पद भने २०१८ डिसेम्बर १० मा मात्रै सम्हाल्ने छन ।

अलिबाबाका सह संस्थापक मा एक सामान्य शिक्षक थिए । उनले सन १९९९ मा अलिबाबाको स्थापना गर्दै ई–कमर्श तथा डिजिटल भुक्तानीको क्षेत्रमा विश्वकै एक असरयुक्त कम्पनीका रुपमा अगाडी ल्याएका हुन ।

जसले उनको खुद नाफा ४० अर्बले बढाउँदै चिनकै सबैभन्दा धनी ब्यक्ती पनि हुन मद्दत पुग्यो । चीनको अर्थव्यबस्थामा अमेरिकाको व्यापार युद्धको त्रास तथा घट्दो लगानीको डरले ज्याक माले अध्यक्ष पद त्याग्न लागेको कतिपयको सोचाई रहेको छ ।

यस्तै उनले चीनको एक प्रसीद्ध मिडियालाई अन्तरवार्ता दिँदै आफ्नो पद राजिनामा कुनै युगको अन्त्य नभई नयाँ युगको शुरुवात भएको जानकारी दिएका छन । साथै उनले आफु शिक्षालाई माया गर्ने भएकाले अब शिक्षा क्षेत्रमा अघि बढ्ने जानकारी दिएका छन ।

ज्याक मा अब अध्यक्ष पदको राजिनामा दिँदै कम्पनीको निर्देशक मण्डलमा बस्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL