काठमाडौं । दशैंका लागि खोल्ने भनिएको अग्रिम टिकट बुकिङ अन्यौलमा परेको छ ।
यातायात व्यबस्था विभागले भदौ २४ गतेदेखि दशैँका लागि बस टिकटको अग्रीम बुकिङ खोल्ने भनेपनि व्यबसायीहरु पुर्ण रुपमा तयार नहुँदा उक्त योजना अन्यौलमा परेको हो ।
यातायात ब्यवसायीहरुले आफ्ना माग पुरा नभएसम्म दशैका लागि अग्रिम टिकट बुकिङ नखोल्ने जानकारी दिएका छन ।
यातायात व्यबस्था विभागमा यातायात ब्यबसायी, विभागका कर्मचारी तथा महानगरीय ट्राफिक महाशाखाबीच बुधबार बसेको बैठकमा यातायात व्यबसायीले आफ्ना सर्त पुरा नभएसम्म अग्रिम बुकिङ नखोल्ने जानकारी दिएका हुन ।
नेपाल राष्ट्रिय यातायात व्यबसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार व्यबसायीको रोकिएको बैंक खाता तथा भाडालगायतका विषयमा कुरा नमिल्दा उक्त बैठक शुक्रबारको लागि सारिएको छ ।
यातायात व्यबसायीले विभिन्न माग राखेकाले उक्त मागमा सहमती नहुँदा बैठकको म्याद सारिएको हो । व्यबसायीका मागहरु पुरा नभएसम्म अग्रीम बुकिङ लगायतका कार्यहरु आफुबाट नहुने उनको भनाई थियो ।
यसका साथै सवारी दुर्घटनाको बीमाका विषयमा पनि कुरा नमिलेको तथा व्यबसायीलाई मारमा पार्दै कम्पनीमा दर्ता गर्नमात्रै जोड दिएको तथा जनताको सास्तीलाई सरकारले नबुझेको उनको आरोप छ ।