Logo

नेपालको आर्थिक बृद्धि ५ प्रतिशतमा सिमित रहने एडिबीको प्रक्षेपण, कुल गार्हस्थ्य उत्पादन ४ प्रतिशत

नेपालको आर्थिक बृद्धि ५ प्रतिशतमा सिमित रहने एडिबीको प्रक्षेपण, कुल गार्हस्थ्य उत्पादन ४ प्रतिशत


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० चैत,काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । मंगलवार एसिया–प्रशान्त क्षेत्रका ४८ मुलुकको यो वर्षको आर्थिक वृद्धिसम्बन्धी ‘एसियाली विकास परिदृश्य–२०१५’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

अघिल्लो आवमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव २ प्रतिशत रहे पनि कमजोर मनसुन र बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपले धान, मकै, कोदोलगायत खाद्यान्न उत्पादनमा असर पर्ने अनुमान एडिबीले गरेको छ ।

राम्रो कृषिजन्य उत्पादन र विप्रेषण आप्रवाहमा भएको वृद्धिले आर्थिक वृद्धि र चालु खाता बचतमा रहेको एडिबीका देशीय निर्देशक केनिची योकोमाल जानकारी दिए । ‘प्रतिकूल मनसुनका कारण यो वर्ष वृद्धि कम हुने तर मौसम सामान्य रहेमा आगामी आवमा सुधार आउने छ’ उनले भने ।

प्रतिकूल मनसुन र लम्बिँदो राजनीतिक संक्रमणले गर्दा चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन ४ दशमलव ६ प्रतिशतमा संकुचित रहने अनुमान उनको छ । उनले धान र मकैको उत्पादन क्रमशः ५ दशमलव १ र ६ प्रतिशतले घट्दा सरकारले अनुमान गरेको ५ प्रतिशतको वृद्धि हासिल गर्न कठिन हुने बताए ।

विद्युत, यातायात, सिँचाइ, सडकलगायत पूर्वाधारको अभाव हटाउन पूँजीगत खर्च वृद्धिमा बारम्बार जोड दिएका थिए । ‘ती क्षेत्रको समुचित विकास एवम् पर्याप्त लगानी भएमा उच्च अर्थिक वृद्धिका साथै अर्थतन्त्रमा कृषि र विप्रेषणको निर्भरता हट्न सक्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL