Logo

बिमस्टेक राष्ट्रमा हाईस्पिड इन्टरनेट, २०३० सम्ममा गरिबी निवारण

बिमस्टेक राष्ट्रमा हाईस्पिड इन्टरनेट, २०३० सम्ममा गरिबी निवारण



काठमाडौं । आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको सहयोग (बिमस्टेक) को चौथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्रमा हस्ताक्षर भएसंगै सकिएको छ ।

सम्मेलनले गरिबी निवारणका लागि दीगो विकासको एजेण्डा २०३० कार्यान्वयन गर्दै वंगालको खाडी क्षेत्रमा २०३० भित्र गरिवि निवारण गर्ने प्रतिवद्धा समेत जारी गरेको छ । जसका लागि सम्मेलनमा गरिबी निवारण, यातायात र संचार, व्यापार र लगानी, आतंकवाद, वातावरण तथा प्रकोप व्यबस्थापन, जलवायु परिवर्तन, उर्जा, प्रविधि, कृषि, माछापालन, जनस्वास्थ्य लगायतका मुद्दा उठाइएका हुन ।

यसका साथै उक्त घोषणापत्रमा बिमस्टेकका निर्देशकको संख्या ७ पुर्याउने निर्णय पनि भएको छ । घोषणापत्रका अनुसार बिमस्टेक क्षेत्रमा हाइस्पिड इन्टरनेट तथा मोबाइल सुविधा उपलब्ध गराउनका लागि सम्मेलनले सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कार्यटोली गठन गर्ने निर्णय गरेको छ ।

यस्तै बिम्स्टेकले कनेक्टिभिटीलाई जोड दिँदै मल्टी मोडेल ट्रान्सपोटेसन लिंकेजलाई जोड दिँदै पारवहान सुविधानलाई सहज बनाउँदै हाइवे, रेलवे, वाटर वे, सी रुट, एयरवे विस्तार तथा आधुनिकिकरण गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL