Logo

भारतीय र नेपाली प्रधानमन्त्रीले गरे पशुपती धर्मशालाको उद्घाटन, बागमतीलाई नुहाउन मिल्ने गरी सफा गर्ने घोषणा

भारतीय र नेपाली प्रधानमन्त्रीले गरे पशुपती धर्मशालाको उद्घाटन, बागमतीलाई नुहाउन मिल्ने गरी सफा गर्ने घोषणा



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपती धर्मशालाको उदघाटन गरेका छन ।

आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास ‘बिमस्टेक’ को चौथो सम्मेलनका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाल भारत मैत्री पशुपति धर्मशालाको उद्घाटन गरेका हुन ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई छिट्टैै नेपालको लुम्बीनी भ्रमणमा आउन निम्तो पनि गरेका छन ।

यसका साथै उनले बागमती नदीलाई नुहाउन मिल्ने गरी सफा गरीने पनि बताएका छन ।

उनले भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको श्रद्धान्जलीमा उनले कविता संग्रह ‘मेरी ईकावन कविता’ नेपालीमा अनुवाद गरी नेपालमा वितरण गरिने पनि जानकारी दिएका छन ।

यसपछि भारतीय प्रधानमन्त्री मोदी अहिले साढे ६ बजे स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL