Logo

रक्सौंल–काठमाडौं रेलमार्गको सम्झौता सम्पन्न, आउने भयो काठमाडौंमा भारतीय रेल

रक्सौंल–काठमाडौं रेलमार्गको सम्झौता सम्पन्न, आउने भयो काठमाडौंमा भारतीय रेल



काठमाडौं । रक्सौंल–काठमाडौं रेलमार्गको शुक्रबार सम्झौता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको समाप्ती सँगै सो सम्झौता भएको हो ।

सम्झौता सँगै रक्सौंल–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । करिब १ सय ३० किलोमिटर लामो रेलमार्गको लागि पूर्व सम्भाव्यता अध्ययन (प्रि फिजिविलिटी स्टडी) का लागि आज नेपाल र भारत सरकारबीच द्धिपक्षीय सम्झौता (एमओयु) भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।

शुक्रबार दिउँसो दुबै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा उक्त रेलमार्गको सम्भाब्यता अध्ययनका लागि सम्झौता भएको हो ।

सम्झौता पछि सो रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनले लागत, निर्माण गर्नका लागि लाग्ने समयावधीलगायतका प्राविधिक विषयहरु समेट्ने छ ।

पूर्व सम्भाव्वयता अध्ययनको काम थालिने गरी सम्झौता भएको छ उनले भने । भारतीय सहयोगमा रेलमार्ग निर्माण गर्ने सम्झौता भएपनि ऋण वा अनुदानमा हुने भन्ने विषयमा अहिले एकिन नभएको पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL