Logo

जग्गा प्रप्तिमै अल्झियो नयाँ ट्रायल सेन्टर, हालसम्म ३ स्थानमा मात्र सीसीटीभी

जग्गा प्रप्तिमै अल्झियो नयाँ ट्रायल सेन्टर, हालसम्म ३ स्थानमा मात्र सीसीटीभी


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

१० चैत, काठमाडौं । सरकारले सवारीसाधन चालक अनुमति लिने पद्दतिलाई सुदृढीकरण गरेर नयाँ व्यवस्था लागू गरेपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । सवारीचालक अनुमतिपत्र वितरणमा देखिएको अनिमियतता हटाउने तथा चालक अनुमतिपत्र लिने प्रणालीलाई कडाइ गर्ने लक्ष्य अनुरुप आतायात व्यवस्था विभागले २०७० साल बैशाख देखि क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) सहितको नयाँ ट्रायल प्रणाली लागू गरेको थियो । तर, सोही अनुरुपको ट्रायल परीक्षा लिनका लागि जग्गा नभएकाले हालसम्म कार्यान्वयनमा ल्याउन नसकिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

विभागका अनुसार हालसम्म बागमती, नारायणी र गण्डकी अञ्चलमा नयाँ व्यवस्था अनुसार सीसीटिभी राखेर सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक (ट्रायल) परीक्षा लिइँदै आएको छ । तर, त्यसवाहेकका अन्य स्थानमा प्रशासनिक संयन्त्र बनाएर ट्रायल परीक्षा लिँइदै आएको यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले जानकारी दिए ।

हाल ९ स्थानानमा स्थानीय प्रशासनको संयन्त्र बनाएर ट्रायल परीक्षा संचालन गरिँदै आएको छ भने धवलागिरी र कर्णाली अंचलबाट हालसम्म सवारीचालक अनुमतिपत्र वितरण हुन सकेको छैन । केही समय भित्रै नेपालगञ्ज, जनकपुर, मेची, कोशी, सेती र भेरी अंचलमा पनि सीसीटिभी जडानका लागि सामान पढाउन लागिएको बुर्लाकोटीले बताए । ‘कतिपय स्थानमा सीसीटिभीको सामान पढाएपनि जडान गर्नका लागि उपयुक्त स्थान नै छैन,’ उनले भने, ‘असुरक्षित स्थानमा ट्रायल सेन्टर रहेकाले सीसीटिभीको सुरक्षाका लागि नै ५/६ जना सुरक्षा गार्ड राख्नुपर्ने वाध्यता छ ।’

नयाँ व्यवस्था लागू हुनु अघि धवलागिरी अंचलबाट चालक अनुमतिपत्र वितरण गरिँदै आएको थियो । तर, नयाँ व्यवस्था लागू भएपछि हालसम्म संचालनमा आउन नसकेको यातायात व्यवस्था विभागका एक अधिकारीले जानकारी दिए । ‘नयाँ व्यवस्था अनुसार ट्रायल परीक्षा संचालनका लागि धेरै जग्गा चाहिन्छ,’ बुर्लाकोटीले भने, ‘अझ सीसीटिभी जडानका लागि सुरक्षित स्थान चाहिने भएकाले कार्यान्वयनमा ल्याउन सकिएको छैन ।’ सुरक्षित स्थानमा जग्गा नपाइने तथा सीसीटिभी जडानका लागि उपयुक्त ठाउँ नभएकाले पनि नयाँ व्यवस्था अनुसार ट्रायल सेन्टर संचालन गर्न नसकिएको विभागले जानकारी दिएको छ । कणाली अञ्चलमा भने भर्खरै मात्र यातायात कार्यालय स्थापना गरिएकाले त्यहा पनि केही समयभित्रै संचालनमा ल्याइने विभागले जानकारी दिएको छ ।

नयाँ व्यवस्था अनुसार मोटरसाइकलको प्रयोगात्मक परीक्षा दिँदा अग्रेजी ८ आकारमा घुमाउनु पर्नेछ । त्यसपछि ठाउँ–ठाउँमा राखिएका स्पीड ब्रेकरमा समेत स्टार्ट बन्द नगरी पार गर्नुपर्नेछ । त्यस्तै उकालो र ओरालोमा समेत निर्देशन अनुरुप चलाउनु पर्नेछ । परीक्षामा हेलमेट, पञ्जा र जुत्ताको प्रयोग, सवारीको ऐना, संकेत र स्टार्ट गर्दाको अवस्थासमेत चेकजाँच गरिने गरिन्छ । चालकको ध्यान, शरीर सन्तुलन, सवारीमा बसेर हेर्ने तरिका, ब्रेकको प्रयोगलाई पनि नयाँ नियमको मापदण्ड बनाइएको छ ।

यू टर्नमा साइड लाइटको प्रयोग, जेब्रा क्रसिङको सावधानी, ट्राफिक लाईटको कसरी उपयोग गर्छ भनेर समेत हेरिनेछ । यी सबै नियम पूरा गरेर ८ आकारको दूरी ५ मिनेटमा पूरा गर्नुपर्ने नियम छ । यसैगरी ठूला तथा मझौला सवारीसाधनका लागि पनि सोही अनुसारको व्यवस्था लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL