काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्ट पछि भुटानका प्रधान न्यायाधीश तथा सरकारका प्रमुख सल्लाहकार दसत्त छिरिङ वाङचुक लुम्विनी भ्रमणमा जाने भएका छन ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा वाङचुक शनिबार जान लागेका हुन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका वाङचुक लुम्विनी जाने भएका हुन् । त्यस्तै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला श्रीसेना पनि लुम्बिनी जाने कार्यक्रम रहेको छ ।
बुधवार नेपाल आएका उनी लुम्विनीबाट फर्किएर शनिबार अपराह्न स्वदेश फर्किने कार्यक्रम रहेको छ भने श्रीलंकाका राष्ट्रपति श्रीसेना भने आइतबार मात्र स्वदेश फर्किने छन ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने अहिले १ बजे फर्किसकेकी छिन । आजै भारतका प्रम नरेन्द्र मोदी साँझ ६ बजे, थाईल्याण्डका प्रम प्रायुट चान ओ चा पौने २ बजे र म्यानमारका प्रम विन मिन्ट भने ४ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।