Logo

सकियो चौथो बिमस्टेक सम्मेलन, के–केमा भयो सम्झौता ?

सकियो चौथो बिमस्टेक सम्मेलन, के–केमा भयो सम्झौता ?



काठमाडौं । आर्थिक तथा प्राविधिक सहयोगकका लागि बङगालको खाडीको प्रयास बिमस्टेकको चौथो सम्मेलन सम्पन्न भएको छ ।

काठमाडौंमा बिहीबार र शुक्रबार गरी २ दिन चलेको सो सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न गरेको हो । विशेषगरी विद्युत प्रशारण लाईनको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) मा संयुक्त रुपमा हस्ताक्षर सहित उक्त सम्मेलन सम्पन्न भएको हो ।

उक्त सम्मेलनको अध्यक्षका रुपमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री मैत्रीपाल श्रीसेनालाई अध्यक्षता हस्तान्तरण पनि गरेका छन । उनले सम्मेलनलाई सम्बोधन गर्दै बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुखहरुलाई नेपालको भ्रमणको निम्ता पनि दिएका छन ।

उनले नेपाल हिमालहरुको धनी देश भएकाले यहाँका हिमालहरु हिराभन्दा कम छैनन भन्दै नेपालको भ्रमण गर्न आग्रह गरेका हुन । साथै उनले हाल पानी परेको र विशेष कारणबस नेपालका सबै स्थानहरु देखाउन असमर्थ रहेको बताउँदै काठमाडौं भित्रकै विभिन्न धार्मिक स्थलहरु भ्रमण गर्न पनि आग्रह गरेका हुन ।

सम्मेलनमा बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र प्रमुखहरुले क्षेत्रीय विद्युतीय प्रसारण ग्रीडका लागि को संयुक्त हस्ताक्षर गर्नुका साथै हवाई, जल, विद्युतीय इन्रकनेक्टीभिटीमा विशेष पहल गरेका थिए ।

बिमस्टेक ग्रीड इन्टरकनेक्सनको सम्झौतापत्रमा हस्ताक्षर भएसँगै नेपाल आफुले उत्पादन थालेको विद्युत थाईल्यान्डलगायतका ७ ओटा देशमा बेच्न पाउने भएको छ । साथै नेपालले उक्त देशहरुबाट विद्युत किन्न पनि सक्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL