Logo

थाईल्याण्डका प्रम प्रायुटले दिए मेडिकल सामग्री र औषधि, परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण

थाईल्याण्डका प्रम प्रायुटले दिए मेडिकल सामग्री र औषधि, परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण



काठमाडौं । थाईल्याण्डका प्रधानमन्त्री प्रायुट चानओ चाले नेपाललाई साढे १६ करोड ८१ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ ।

प्रधानमन्त्री चान ओ चाले प्रधानमन्त्री स्तरीय बैठकमा नेपाली जनतालाई करिब १६ करोड ८१ लाख रुपैयाँ बराबरको मेडिकल सामग्री हस्तान्तरण गरेको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागि हुन आएका प्रम चानओ चाले प्रधानमन्त्री केपीशर्मा ओलीलाई सो रकम बराबरको सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रम चानओ चाले नेपाललाई उपहार स्वरुप औषधी तथा मेडिकल उपकरण शुक्रबार हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL