Logo

बिमस्टेक सम्मेलनको प्राथमिकतामा गरिबी निवारणदेखि इन्टरकनेक्सनसम्म, कुन देशका प्रमुखले के भने ?

बिमस्टेक सम्मेलनको प्राथमिकतामा गरिबी निवारणदेखि इन्टरकनेक्सनसम्म, कुन देशका प्रमुखले के भने ?



काठमाडौं । आर्थिक तथा प्राविधिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेक) को नेपालमा भइरहेको चौथो सम्मेलनमा भोकमरीदेखि विभिन्न इन्टरकनेक्सनका विषयलाई प्राथमिकतामा राख्दै उद्घाटन गरिएको छ ।

उक्त सम्मेलनको उद्घाटन समारोहमा बिमस्टेक राष्ट्रका राष्ट्रप्रमुखहरुले बिमस्टेक राष्ट्रहरुबीच सामाजिक, आर्थिक तथा सार्वभौम सम्बन्ध रहनुपर्ने बताउँदै विभिन्न विषयमा आफ्ना एजेन्डा प्रस्तुत गरेका हुन ।

सम्मेलनमा राष्ट्रप्रमुखहरुले बिमस्टेक राष्ट्रहरुबीच विद्युत ग्रीड इन्टरकनेक्सन, अन्तरदेशीय प्रविधि सहकार्य तथा अन्तरदेशीय जलमार्ग, व्यापार विस्तार लगायतका विषयहरु उठाएका छन् ।

सम्मेलनमा अध्यक्ष राष्ट्रको रुपमा प्रतिनिधित्व गर्दे नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको र बिमस्टेक राष्ट्रको सम्बन्ध अति अर्थपुर्ण रहेको बताएका छन । उनले नेपाललगायत बिमस्टेक राष्ट्रमा शान्ति सुरक्षा तथा गरिबी निवारणलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै एकअर्काबीच शान्ति सुरक्षाका लागि एक पारस्परिक सम्बन्ध र कानुनको निर्माण पनि उत्तिकै आवश्यक रहेको बताएका हुन ।

यसका साथै उनले जलमार्ग, विद्युत ग्रीड इन्टरकनेक्सन, उर्जा, लगानीलगायतका क्षेत्रमा लागिपर्नुपर्नेमा जोड दिएका थिए । यस्तै उक्त सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बंगलादेशको हालको आर्थिक स्थितीको बारेमा जानकारी दिँदै अबका दिनमा बंगलादेशलाई कसरी अगाडी बढाउने भन्ने बारेमा बताएकी थिईन् ।

उनले आफ्नो देशको उब्जनीयोग्य जमीन बाँझो नराख्ने उद्देष्यसहित १ घर १ कृषि फार्मको योजना ल्याइने जानकारी दिएकी छन । उनले बंगलादेशको सबै स्थानमा डिजिटलाईजेसनका लागि विभिन्न सेवाहरु पुगिसकेका र यसलाई अझै विस्तार गर्ने जानकारी दिईन । साथै उनले पनि आफ्नो प्राथमिकतामा गरिबी निवारण र शुन्य भोकमरीलाई राखिने र चाहेजती रोजगारीको अवसर सिर्जना गर्न इकोनोमिक जोनको पनि योजना ल्याएको जानकारी दिएकी छन ।

यस्तै सम्मेलनमा बोल्दै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले अबका बर्षमा आफुले बिमस्टेक स्तरीय विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने बताएका हुन । उनले बिमस्टेक राष्ट्रको प्रतिनिधिमध्येका राष्ट्रहरुका लागि भारतले विभिन्न किसिमका कार्यक्रम, छात्रवृत्ती, विभिन्न शैन्य अभ्यासलगायतका कार्यक्रमहरु निकट भविश्यमा नै लागु गर्ने बताएका हुन । उनले सम्मेलनमा हिन्दी भाषामा सम्बोधन गर्दै बिमस्टेक राष्ट्रका विद्यार्थिहरुका लागि क्षेत्रगत रुपमा ५० कोटा छात्रवृत्तिको योजना ल्याउने बताएका हुन ।
यस्तै उनले शिक्षा, संस्कृति, धर्म, व्यापार विस्तार, विभिन्न इन्टरकनेक्सन, लगानी लगायतका क्षेत्रमा कुनै देशले एक्लै चाहेर नहुने बताउँदै यसका लागि सबै सदस्य राष्टहरु लागीपर्नुपर्ने बताएका हुन । उनले लागुऔषध ओसारपसार तथा आतंकवादलगायतका कार्यमा कुनै देश अछुतो नरहेको बताउँदै यसका लागि सबै सदस्य राष्ट्रहरु मिलेर नयाँ कानुनको निर्माण गर्नुपर्ने बताएका हुन ।

सम्मेलनका आजको सेसन बिमस्टेक राष्ट्रका राष्ट्रप्रमुखहरुका सम्बोधनपछि सम्मेलनको उद्घाटन समारोह सम्पन्न भएको छ । हालै बिमस्टेक सदस्य राष्ट्रका पाहुनालाई प्रधानमन्त्री केपी ओलीले रात्रीभोजको लागि होटल ह्यातमा रात्रीभोज समारोह रहेको छ । त्यसपश्चात भोली बिहान पुनः उक्त सम्मेलन शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL