काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा ७ देशका प्रमुखहरु सहभागी हुने क्रम जारी रहेको छ ।
हाल सम्म म्यानमारको राष्ट्रपति र भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार दसो छिरिङ वाङचुक काठमाडौं आइ सकेका छन ।
उनिहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका थिए ।
म्यानमारका राष्ट्रपति विनमिन्ट भने मंगलबारनै काठमाडौं आईसकेका छन भने भुटानका दसो छिरिङ वाङचुक भने बुधबार आएका हुन ।
बुधवार नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाल श्रीसेना काठमाडौं आउने छन । उनी दिउँसो साढे २ बजे काठमाडौ आईपुग्ने कार्यक्रम रहेको छ ।
त्यस्तै थाइल्यान्डका प्रधानमन्त्री प्रयुट च्यान पनि बुधबार नै नेपाल आउने कार्यक्रम छ ।
त्यस्तै सम्मेलनको दिन भदौ १४ गते बिहीवार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आउने भएका छन ।