Logo

काठमाडौंको सडकमा आवतजावत गर्दै हुनुहुन्छ ?, जोर नम्वरको सवारी नचलाउनुहोस, यी सडकमा हुनेछ जाम

काठमाडौंको सडकमा आवतजावत गर्दै हुनुहुन्छ ?, जोर नम्वरको सवारी नचलाउनुहोस, यी सडकमा हुनेछ जाम



काठमाडौं । यदि तपाईँ काठमाडौंको सडकमा आवतजावत गर्दै हुनुहुन्छ भने आज दिनभर जोर नम्वर प्लेटका सवारीसाधन सडकमा ननिकाल्नुहोला ।

आज काठमाडौं उपत्यकामा विजोर नम्वर प्लेटका सवारीसाधन मात्रै सडकमा ल्याउनु होला ।

भोली भने सडकमा जोर नम्बरप्लेटका सवारीसाधन तथापर्सी विजोर नंवर प्लेटका सवारीसाधनहरु सडकमा चलाउन पाईने छ ।
यदि त्यसो नभए तपाईँलाई ट्राफिक प्रहरीले समातेर ५ सय रुपैयाँ जरिवाना गर्नेछ ।

आर्थिक तथा प्रविधिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेकको) नेपालमा बिहीबार र शुक्रबार हुन लागेको चौथो शिखर सम्मेलनका लागि विदेशी पाहुना हरुको आवतजावतमा बाधा नपुगोस भन्नका लागि उक्त जोर विजोर प्रणालि लागु गरिएको हो ।

उक्त बैठकका लागि बुधबार विदेशी पाहुना आउने क्रम रहेकाले एयरपोर्ट, सिनामंगल, तिनकुने, माइतिघर, थापाथली, त्रीपुरेश्वर, टेकु कालीमाटी सोल्टीमोड सडकखण्डमा सवारी आवतजावत प्रभावित भएको छ ।

तर उपत्यकामा जोरविजोर प्रणाली लागु गरेपछि सवारीको चाप कम भएको र ट्राफिक व्यबस्थापन सहज भएको महानगरिय ट्राफिक प्रहरी प्रमुख बसन्त उप्रेतिले जानकारी दिए ।

उनका अनुसार सडकमा सवार गरिरहेका सवारीलाई १५–१५ मिनेटको अन्तरमा डाईभर्सन गरिएको छ । हाल सवारीलाई धेरै बेर सडकमा नरोकाईएको उनको भनाई थियो ।

तर एयरपोर्टदेखि सोल्टीमोडसम्मको सडकमा भने आज दिनभरी नै सवारी प्रभावित हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL