Logo

विदेशमा पानी निर्यात गर्न सम्भाव्यता अध्ययन गरिँदै, आन्तरिक तयारीमा जुट्यो खानेपानी मन्त्रालय

विदेशमा पानी निर्यात गर्न सम्भाव्यता अध्ययन गरिँदै, आन्तरिक तयारीमा जुट्यो खानेपानी मन्त्रालय



काठमाडौं । नेपालमा खानेपानीको अभाव भईरहेको बेला खानेपानी मन्त्री बिना मगरले स्वदेशी पानी निर्यात गर्ने बताएकी छिन ।

नेपाललाई २०३० भित्र शुद्ध पिउने पानी उपलब्ध गराउने र त्यस पछि विदेश पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गरिने बताएकी हुन् ।

खानेपानी मन्त्री मगरले विकास प्रविधि समितिको बैठकमा बोल्दै स्वेदेशी पानीलाई अन्तरराष्ट्रिय रुपमा बजारिकरण गर्न लागको जानकारी दिएकी हुन् ।

मन्त्री मगरले अहिले मन्त्रालगत रुपमा पानी निर्यातको लागि योजना बनाइरहेको समेत जानकारी दिइन् । साथै तराईमा भएको ८ वटा बल्बको वाटर प्लानिङ बनाई राखेको र सगरमाथा ग्लोसर वाटरको सम्भावना अध्ययनको लागि मन्त्रालयको टिम तयारी अवस्थामा रहेको समेत उनको भनाई थियो ।

उनका अनुसार मौसम अनुकुल हुने वित्तिकै पानी निर्यातको लागि सम्भाब्यता अध्ययन थालिने छ । अन्य ग्लोसर वाटरको पनि कहाँ कहाँबाट सम्भावना छ, पहुँचका हिसावले ल्याउन भौतिक पूर्वधारको विकासको लागि समेत अध्ययन गरिने उनले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्
MBL