Logo

बिमस्टेक बैठकका लागि पुरानो बसपार्क बन्द, ४ दिनपछि मात्र सञ्चालनमा

बिमस्टेक बैठकका लागि पुरानो बसपार्क बन्द, ४ दिनपछि मात्र सञ्चालनमा



काठमाडौं । काठमाडौंको खुलामञ्चस्थित पुरानो बसपार्क ४ दिनका लागि बन्द भएको छ । काठमाडौं महानगरपािलकाले आसन्न बिमस्टेक बैठकका लागि मर्मत तथा ट्राफिक व्यबस्थापनको पूर्वतयारी गर्न ४ दिनका लागि बसपार्क बन्द गरेको हो ।

काठमाडौंको केन्द्रविन्दुमा रहेको उक्त बसपार्कको पीच उप्केर घाम लागेको बेला धुलो तथा पानी परेको बेला हिलो हुने गरेको छ ।

उक्त हिलो तथा धुलो व्यबस्थपनका लागि कामपाले ४ दिनका लागि बसपार्क बन्द गरेको जानकारी दिएको छ ।

आर्थिक तथा प्राविधिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन बिहीबार र शुक्रबार हुँदैछ ।

उक्त बसपार्क बन्द भएसँगै सिन्धुपाल्चोक, काभ्रे, बनेपालगायतका स्थान जाने बसहरु भने अब नयाँ बसपार्कबाट पाईने भएका छन ।

प्रतिक्रिया दिनुहोस्