Logo

बिपि कोइराला क्यान्सर अस्पतालको लागत १२ करोड बढ्दै, कुल लागत ७२ करोड पुग्ने

बिपि कोइराला क्यान्सर अस्पतालको लागत १२ करोड बढ्दै, कुल लागत ७२ करोड पुग्ने


रासस
81
Shares

काठमाडौं । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित भवनको लागत १२ करोड थपिने भएको छ । सम्झौता मितिभन्दा दोब्बर समय लागेपछि उक्त भवनको साविक लागतमा १२ करोड रुपैयाँ थपीने भएको हो ।

उक्त भवन विसं २०६९ फागुनमा ३३ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । भवनको ठेक्का प्रेरा आशिष जेभीलाई परेको थियो । अस्पतालका तर्फबाट भवन हेर्दै आएका रमेशराज पाण्डेका अनुसार सम्झौताका बेला लागत मूल्य ६० करोड १९ लाख रुपैयाँ थियो । भवन सम्पन्न हुन ६६ महिना लाग्यो । जसका कारण लागत बढ्ने बताइएको छ ।

निर्माण कम्पनीका परियोजना व्यवस्थापक सुभाष पोख्रेलका अनुसार भवन सम्पन्न भई लागत मूल्य निकाल्ने काम भइरहेको छ । उनका अनुसार ७२ करोड रुपैयाँ हाराहारी खर्च आउने देखिएको छ । समय दोब्बर लाग्नु र नक्साङ्कनमा गरिएको फेरबदलले मूल्य बढ्न गएको हो । पोख्रेलले बीचको समयमा अस्पतालले गर्नुपर्ने कतिपय नीतिगत निर्णय नगरेकाले काममा ढिलाइ भएको बताए ।

अस्पताल १५ महीना सञ्चालक समितिबिहीन बनेको थियो । अस्पतालका अध्यक्ष डा प्रकाशराज न्यौपानेले बीचको समयमा सञ्चालक समितिको अलमलका कारण निर्णय लिन नसक्दा काममा ढिलाइ भएको बताए ।

सरकारी नियमअनुसार नै मूल्य बढेको बताउँदै उनले यसमा कुनै अनियमितता भने हुन नपाएको जिकिर गरे । भवन सम्पन्न भएसँगै अस्पतालमा २ सय ५० श्यैया बढ्नेछ । हाल अस्पातालमा २ सय २५ श्यैया सञ्चालनमा छ । ५ तले सो भवनमा शल्यक्रिया, सघन उपचार, शल्यक्रिया गर्नुअघि र पछि बिरामी राख्ने र विभागीय प्रमुखको कक्ष छन् । त्यस्तै सभा हल, चिकित्सक छलफल कक्ष, तथ्याङ्क शाखा, रेडियो थेरापी बङ्करसमेत छन् ।

प्रतिक्रिया दिनुहोस्