बिजखबर संवाददाता
९ चैत,काठमाडौं । कुवेती कोषले सिँचाइ प्रणाली सुधार आयोजनाका लागि रू.१ अर्ब ६८ करोड ३० लाख ऋण प्रदान गर्ने भएको छ ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी र कोषका उप निर्देशक हमद एसअल–ओमरले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । कोषले उक्त परियोजनामार्फत मध्य तथा पूर्वाञ्चल विकास क्षेत्रको उत्पादकत्व वृद्धि भई त्यहाँका किसानको क्षमता अभिवृद्धि गर्ने बताएको छ ।
उक्त ऋण मध्य तथा पूर्वाञ्चल विकास क्षेत्रका ३५ जिल्लाका विद्यमान सिँचाइ पूर्वाधारको सुधार र सिँचाइ प्रणाली व्यवस्थापन सुधार तथा वित्तीय व्यवस्थापन प्रणालीका लागि खर्च गरिने बताइएको छ ।