काठमाडौं । नेपालकै पहिलो भनिएको कलंकी अन्डरपास बन्द भएको छ । गएको शुक्रबारदेखि आधा मात्रै खुलेको उक्त अन्डरपास ५ दिनमै बन्द भएको हो ।
उक्त उन्डरपासमा सवारी चलाउँदा धुलो तथा धुवाँ अत्याधिक मात्रामा उडेपछी बन्द गर्नुपरेको कलंकी कोटेश्वर सडकखण्ड आयोजना प्रमुख प्रकास भण्डारीले बिजखबरलाई जानकारी दिए ।
आधा मात्रै खुलेको उक्त अन्डरपासमा कतिपय स्थानमा चिनियाँ कम्पनीका मेशिनहरु हटाउन बाँकी थियो भने अन्डरपास सिलकोट गरेर मात्रै संचालनमा ल्याइएको थियो ।
अत्याधिक मात्रामा धुलो उडेपछि धुलो सफा गर्नका लागि बन्द गरिएको आयोजना प्रमुख भण्डारीले बताए । उनका अनुसार धुलो सफा गर्न चिनियाँ कम्पनीका कर्मचारीलाई आदेश दिइएको थियो ।
तर उक्त सडकखण्डका इन्जिनियर निरन्जन शर्मा अर्याल भने यस विषयमा आफुलाई त्यति जानकारी नभएको बताउँछन । ‘अस्ती पनि मैले नखोलौैँ भन्दाभन्दै जबर्जस्ती कसले खोलेछन फेरी केका लागि बन्द भयो मलाई जानकारी छैन ।’, उनले भने ।