Logo

४ महिनामा विपदबाट मात्रै २ अर्ब बढीको क्षति, ५ सय जनाको ज्यान गयो

४ महिनामा विपदबाट मात्रै २ अर्ब बढीको क्षति, ५ सय जनाको ज्यान गयो



काठमाडौं । विगत ४ महिनाको अवधिमा विपद्का घटनाबाट मात्र २ अर्बभन्दा बढीको भौतिक क्षति भएको छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट २ अर्ब ८ करोड ५७ लाख ४० हजार ५ सय बराबरको क्षति देशले ब्यहोर्नुपरेको छ ।

आगालागी, हावाहुरी, बाढीपहिरो, चट्याङ, असिनापानी लगायतका घटनाबाट उक्त क्षति भएको हो । जसमध्ये आगलागीका कारण सबैभन्दा धेरै क्षति भएको छ । १ अर्ब ८९ करोड ३९ लाख ७७ हजार ८ सय ५०, बाढीले ३ करोड १४ लाख ६३ हजार ९ सय, पहिरोले ७ करोड ९८ लाख ४१ हजार ५ सय को क्षति भएको छ ।

वर्षातले ३ करोड ८६ लाख ८६ हजार ३ सय ६०, हावाहुरीले ३ करोड ५८ लाख १६ हजार ९ सय ९८, चट्याङले ४४ लाख ७७ हजार, असिनापानीले ४ लाख ५७ हजार र अन्य कारणबाट १० लाख १९ हजार ९ सय मूल्य बराबरको क्षति भएको छ । १ हजार ६ सय ५७ जनावर मरेका छन् ।

यो वर्षमात्र प्राकृतिक प्रकोपका घटनाबाट ५ सय ६१ जनाको ज्यान गइसकेको छ । जसमध्ये पुरुष ३ सय ७८ र महिला १ सय ८३ छन् । यस्तै ९५ हराइरहेका छन् भने २ हजार ३ सय ३१ घाइते भएका छन् ।

गृह मन्त्रालय राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल प्राकृतिक प्रकोपबाट हुने घटनाको उद्दार र राहतका लागि मन्त्रालय तयारी अवस्थामा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL