काठमाडौं । हालै निर्वाचित पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन । सरकारी खर्च कम गर्ने भन्दै उनी ३ ओटा सयनकक्षयुक्त निवासमा सरेका हुन । उनी आफ्ना २ कामदार र सैनिकका साथ सर्ने भएका छन ।
उनले लगभग ५ सय २४ जना स्टाफ रहेको प्रधानमन्त्री कार्यालयले सरकारी खर्च मात्रै धेरै आउने भन्दै कार्यालय छोडेको घोषणा गरेका हुन । बेनीगलस्थित आफ्नै घरमा बस्न चाहन्थें तर सुरक्षाकर्मीले सुरक्षा संवेदनाका लागि यहाँ बस्न आग्रह गरेकाले सरेको उनको भनाई छ ।
विभिन्न मिडीयाको रिपोर्ट अनुसार उनी हाल बस्न लागेको घर प्रधानमन्त्री निवासकै कोलोनिमा अवस्थीत छ । तर प्रत्येक आईतबार उनी आफ्नै घर बेनेगल जाने बताइएको छ ।
‘म जस्तो प्रधानमन्त्रीसंग ३३ ओटा बुलेटप्रुफ कारहरु छन, हामीलाई उडाउन सक्ने हेलिकप्टरदेखि हवाईजहाजसम्म छन । तर हाम्रा जनता भने विभिन्न क्याटागोरीमा विभाजित भई बसेका छन र हामीले हाम्रा जनतालाई उचित पैसा लगायत आवश्यकता पुर्ति गर्न सकेका छैनौ ।’ उनले भने ।
अब उनले उक्त ३३ ओटा बुलेटप्रुफ कारहरु पनि लिलाममा राख्ने भएका छन । साथै उनले अर्थविद डा. इश्रत हुसेनको अध्यक्षतामा एक कमिटी गठन गर्दै राष्ट्रलाइ कसरी अगाडी बढाउने भन्नेमा केन्द्रीत रहने योजना रहेको जानकारी दिए ।