Logo

सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दे आईटीयुसीले गर्यो २ दिने कार्यक्रम, यस्तो छ माग

सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दे आईटीयुसीले गर्यो २ दिने कार्यक्रम, यस्तो छ माग



काठमाडौं । नेपालका प्रमुठ ३ ट्रेड युनियनको संयुक्त परिषद इन्टरनेशनल ट्रेड युनियन संघ (आईटीयुसी) ले सरकार सामु श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको कार्यन्वयनको माग राखेको छ ।

संघले काठमाडौंमा २ दिने कार्यक्रमको आयोजना गर्दै उक्त विषयमा छलफलका साथ माग राखेको हो । संघका अनुसार श्रमीकले पाउनुपर्न ज्यालादेखि विभिन्न पक्षहरु सरकारले ल्याएपनि सोको कार्यन्वयन गर्नुपर्ने माग राख्दै पत्रकार सम्मेलनको पनि आयोजना गरेको हो ।

उक्त संस्था अखिल नेपाल ट्रेड युनियन महासंघ (एन्टफ), नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र नेपाल ट्रेड युनियन काँग्रेस (एनटियुसी) को संयुक्त रुप हो ।

संघले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्ना ७ बुँदे मागहरु राखेको हो । उक्त मागमा संघले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यन्वयनमा ल्याउन माग राखेको छ । साथै श्रमीकका बारेमा भएका विभिन्न घोषणाहरु पनि कार्यान्वयनमा ल्याउन माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL