काठमाडौं । स्थानीय तहले आफुखुसी कर लिएको भन्दै महालेखा परीक्षक टंकमणी शर्मा दंगालले असन्तुष्टी व्यक्त गरेका छन ।
उनले नेपाल सरकारको आर्थिक विधेयकमा पारित कर प्रशासन नै मान्य भएकाले त्यसै अन्तरगत रही कर संकलन गरी सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन । नेपाल सरकारले पारित गरेको करनीतिले जनतामा कुनै किसिमको हानी नपुग्ने र त्यसले नेपाल सरकारको ‘आर्थिक समृद्धि’ को लक्ष्यलाई सहयोग पुग्ने उनको भनाई थियो ।
सोमबार नेसनल व्युरो अफ प्रोफेसनल सर्भिस नेपालले आयोजना गरेको नेपालको संघीय संरचनागत कर प्रशासनमा लेखा परीक्षकको भुमिकाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देसभरका स्थानीय तहहरुले लगाएको करको पुर्ण रुपमा लेखा राख्दै चुस्त र दुरुस्त पार्ने जानकारी दिए ।
साथै उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै ग्याँस विक्रेता महासंघका अध्यक्ष चन्द्रबहादुर थापाले स्थानीय निकायले आफुखुसी कर असुल्दै आएको र यसको विषयमा केन्द्रीय सरकारले ध्यान दिनुपर्ने बताए । उनले देशमा स्वदेसी भन्दा विदेशि उत्पादनमा कर बढाई स्वदेशि उत्पादनलाई प्रोत्साहन गरे मात्रै उत्पादनमुखी कर प्रणली लागु भएको भान हुने नत्र सरकारको भाषणमै सिमित हुने पनि जानकारी दिए ।
कार्यक्रमका उपस्थीत अन्य बक्ताहरुले नेपाल सरकारको करनीति राम्रो भएको तर यसको राम्रो सदुपयोग नभएको गुनासो गरेका छन ।