Logo

राष्ट्रियसभामा चार विधेयक पेश, कुन मन्त्रीले कुन विधेयक लगे ?

राष्ट्रियसभामा चार विधेयक पेश, कुन मन्त्रीले कुन विधेयक लगे ?



काठमाडौं । राष्ट्रियसभाको बैंठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ ।

आज भएको बैंठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ पेश भएको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ गरेका हुन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन विधेयक, २०७५’ पेश गरेकी हुन् ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL