Logo

फ्लोरा एक्स्पोमा अवलोकनकर्ताको सहभागिता उत्साहजनक (फोटो फिचर)

फ्लोरा एक्स्पोमा अवलोकनकर्ताको सहभागिता उत्साहजनक (फोटो फिचर)


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

 

८ चैत,काठमाडौं । १८औं फ्लोरा एक्स्पो २०१५ शनिवार देखि शुरु भएको छ । मेलाको दोस्रो दिन शनिवार अवलोकनकर्ताको उपस्थिती बाक्लो रहेको छ । पुष्प मेलाको दोस्रोदिनसम्म ३० हजारले अवलोकन गरेको आयोजक फ्लोरिकल्चर एशोसिएशनले जानकारी दिएको छ ।

DSCN0322

त्यस्तै दुइ दिनमै २३ लाखको कारोबार भएको आयोजकको दावी छ ।  एक्स्पोमा विशेषगरी महिलाहरुको उपस्थिती बढी रहेको छ ।

DSCN0330

 

काठमाडौंको भृकुटीमण्डपमा जारी एक्स्पोमा व्यवसायीक स्टल ६५ वटा, सूचनामुलक १० वटा र फूल बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा सहित गरी जम्मा ७८ वटा प्रदर्शनी कक्ष रहेका छन् ।

DSCN0329

 

 

‘स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’नाराका साथ आयोजना भएको पुष्प मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको , विउ विजन, गमला, कृषि औजार, उपकरणलगायत सामग्री प्रदर्शनमा राखिएको छ ।

 

DSCN0323

DSCN0326

एक्स्पो आगामी मंगलवारसम्म सम्म चल्ने छ ।मेलामा १५ रुपैयाँ पर्ने फूल देखि १ लाख ५० हजार रुपैयाँ पर्ने बन्साइको समेत कारोबार भइरहेको छ ।

flower

DSCN0254

प्रतिक्रिया दिनुहोस्
MBL