Logo

सम्पत्ति शुद्धिकरण मुद्दामा गणेश लामा दोषी ठहर, १ करोड विगो जफत गरिने

सम्पत्ति शुद्धिकरण मुद्दामा गणेश लामा दोषी ठहर, १ करोड विगो जफत गरिने



काठमाडौं । विशेष अदालतले गुन्डागर्दीमा संलग्न गणेश लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको छ ।

अदालतले विभिन्न अवैधानिक कार्यमा संलग्न तथा अवैधानिक तरीकाले सम्पत्ति जोडेको भन्दै दोषी ठहर गरेको हो । दोषी ठहरिएपछि उनलाई अदालतले १ बर्ष कैद र १ करोड विगो जफत गर्ने फैसला गरेको छ ।

उनलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पती जोडेको भन्दै मुद्दा दायर गरेको थियो ।

बिशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी ,न्यायाधीशद्धय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले बिहीबार लामालाई सफाई दिने फैसला सुनाएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानमा आधारीत भएर लामा सहित पाँच जना गुन्डा नाईके विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्