Logo

सम्पत्ति शुद्धिकरणको अभियोगमा तीन चिनियाँ खोज्दै विभाग, सात दिनभित्र उपस्थित हुन निर्देशन

सम्पत्ति शुद्धिकरणको अभियोगमा तीन चिनियाँ खोज्दै विभाग, सात दिनभित्र उपस्थित हुन निर्देशन



काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ विपरित कार्यमा संलग्न भएको सुचनाको आरोपमा तीन विदेशीलाई उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले शुद्धिकरणको आरोपमा लु बाओवेई, ल्यु सुनकुआन र मा जियाजुन नाम गरेका चिनियाँ नागरिकलाई सात दिन भित्र उपस्थित हुन आदेश दिएको हो । सोमबारदेखि गणना हुने गरी बाटोको समय बाहेक तोकिएको मितिभित्र उपस्थित हुन विभागले सुचना जारी गरेको छ ।

निर्देशन बमोजिम उपस्थित नभए नियमानुसार कारबाही अघि बढ्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL