Logo

प्रहरी इन्काउण्टरमा मारिए २ अपहरणकारी, सनाखत हुन बाँकी

प्रहरी इन्काउण्टरमा मारिए २ अपहरणकारी, सनाखत हुन बाँकी



काठमाडौं । भक्तपूरमा भएको प्रहरी मुठभेडमा २ अपहरणकारीको मृत्यु भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वरमा अपहरणकारी माथि गोली चलाउँदा २ जनाको मृत्यु भएको हो ।

प्रहरीले घटनास्थलबाट एकथान पेस्तोल र गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद गरेको छ ।

आइतबार देखि अपहरणमा परेका ११ बर्षीय बालकको खोजीमा रहेका प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा २ जनाको मृत्य भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL